महिला नेत्रीको गुनासो — नेतृत्व लिन सक्षम, चुनाव लड्न पैसा छैन

काठमाडाैं | चैत २७, २०७८

महिला नेत्रीको गुनासो — नेतृत्व लिन सक्षम, चुनाव लड्न पैसा छैन

तम्घास, चैत २७ गते । गुल्मीका महिलाहरूले गाडीमा तेल र मदिराको खोलो बगाउन नसक्ने हुँदा स्थानीय निर्वाचनमा आफूहरूले प्रमुख पदमा टिकट नपाइने चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय तहमा महिला नेतृत्व सुनिश्चताका लागि तम्घासमा भएको एक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो विचार व्यक्त गरेका हुन् । इश्मा गाउँपालिका नेपाली काँग्रेसकी उपसभापतिसमेत रहनुभएकी पार्वती कुँवरले आर्थिक अवस्था कमजोर भएका कारण महिलाहरूले टिकट पाउन र निर्वाचनमा उठ्न नसक्ने गरेको बताउनुभयो ।

उहाँले अहिले निर्वाचन खर्चिलो भएका कारण र महिलाहरू नेतृत्व गर्न सक्दैनन् भन्ने राजनीतिक सोचका कारण पनि महिलाहरूलाई प्रमुख पदमा उम्मेदवारी दिन वञ्चित गराउने गरेको उहाँको भनाइ छ । निर्वाचनमा गाडी कुदाउन इन्धन भर्नुपर्ने र कार्यकर्ता परिचालनमा मदिरा र मासुबिना नखटिने भएकाले आर्थिक रूपमा सम्पन्न मात्रैले टिकट पाउने गरेको उहाँको गुनासो छ । महिलाहरू नेतृत्व लिन सक्षम हुँदाहुँदै पनि आर्थिक र राजनीतिक कारणले पछाडि पर्नु परेका उदाहरणहरू उहाँले प्रस्तुत गर्नुभएको हो । महिला अधिकारकर्मी कमला बरालले पनि आर्थिक अभावका कारण मुख्य पदमा उठ्न नसकिने गरेको बताउनुभयो । घरमा रहेका कुखुराका अण्डा बेच्दा पुरुषलाई सोध्नुपर्ने हाम्रो पितृ सतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरूले कहिल्यै स्थान नपाउने उहाँको भनाइ छ ।

नेकपा एमालेकी नेत्री सञ्जीवनी अर्यालले अनुभवबाट खारिएका र हाल उपप्रमुख वा उपाध्यक्षहरूलाई प्रमुख पदको जिम्मेवारी दिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अनुभवबाट खारिएकालाई नेतृत्व दिँदा सहज हुने र कार्यसम्पादनमा समेत उपलब्धि हासिल गर्न कुनै समस्या नरहने उहाँको तर्क छ । यस्तै नेपाली काँग्रेसकी नेत्री कल्पना पन्थीले महिलालाई नेतृत्वबाट वञ्चित गराउने गरेको भन्दै यो त्यो बहानामा पन्छाउने काम नगर्न राजनीतिक दललाई आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जीसीले माओवादीले नै ल्याएको व्यवस्थामा आफ्नै पार्टीमा महिलाहरू अन्यायमा नपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सहसचिव धर्म पाण्डेले योग्यता र क्षमताका आधारमा नेतृत्व दिइने बताउनुभएको छ । नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले महिलाहरूले स्थानीय तहको निर्वाचनमा नेतृत्व लिनका लागि दलहरूलाई नै दबाब दिन आवश्यक रहेको बताउनुभयो । गुल्मीमा नेकपा एमालेका दुई नगरपालिकासहित आठ स्थानमा उपप्रमुखहरू महिला छन् भने कालीगण्डकी गाउँपालिकामा जनमोर्चाको उपाध्यक्ष हुनुहुन्छ । गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेसकी उपाध्यक्ष हुनुहुन्छ । धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट पुरुष उपाध्यक्ष शिवबहादुर खत्री उपाध्यक्ष हुनुहुन्छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह छन् । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्